ओम प्रकाश पौडेल, कालिका
जेष्ठ २६ ।सन्तोष कलवारद्धारा लिखित द्याट्स माई लभ स्टोरी नामक अंग्रेजी भाषाको उपन्यासको आज विमोचन गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघको सभाहलमा विशिष्ठ अतिथी वरिष्ठ गजलकार धनराज गिरी, साहित्यकार केशब आहुदी र गिता लामिछानेले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गर्नुभएको होे । झण्डै १ सय जनाको सहभागिता रहेको सो कार्यक्रममा सर्जकहरुले आ–आफ्ना रचना वाचन गरेका थिए । माया प्रेमलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उक्त अंग्रेजी भाषाको उपन्यास संम्भवतः चितवन जिल्लामै पहिलो अंग्रेजी भाषाको उपन्यास रहेको वरिष्ठ गजलकार धनराज गिरिले बताउनुभयो ।बालमिकी साहित्य सदनको आयोजनामा सम्पन्न पुस्तक विमोचन कार्यक्रममा संस्थाका अध्यक्ष राम बाबु घिमिरेको अध्यक्षता रहेको थियो । वि.सं. २०३९ भाद्र २२ मा रत्नगरमा जन्मिएका कलवारका कोट मी एभ्रि डे, नेचर गड लगायत दर्जन बढी कृती यसअघि प्रकाशित भैसकेका छन् । उहाँ कम्प्युटर विज्ञानका अन्वेशक समेत हुनुहुन्छ ।
Source:
Published on June 09, 2014 05:58